सर्वोच्च अदालतले लगायो जग्गा कित्ताकाटमा रोक

सर्वोच्च अदालतले लगायो जग्गा कित्ताकाटमा रोक

काठमाडौँ । जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्च अदालतले सरकारको निर्णय गैर कानूनी भएको ठहर गर्दै रोक लगाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णय बदर गरिदिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएका छन ।

मन्त्रीस्तरीय निर्णयबाट भदौ १८ गते जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भदौ २८ गते निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।त्यही रिटमा सर्वोच्चले आज फैसला दिएको हो ।

सर्वोच्चको यो फैसलापछि तत्काल कित्ताकाट नखुल्ने भएको छ। २०७४ साउन २६ मा भूमि व्यवस्था मन्त्रालयको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार