पुसदेखि इजरायलले नेपाली कामदार लैजाने प्रक्रिया शुरु गर्ने

पुसदेखि इजरायलले नेपाली कामदार लैजाने प्रक्रिया शुरु गर्ने

काठमाडौं । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका छन ।

नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ । सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो ।

सोही सम्झौता कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनौट प्रक्रिया शुरु गरिने राजदूत गोडरले बताएका छन । सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने राजदूत गोडरले बताएका छन ।

सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । यस्तै नेपाली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षणसमेत पाउने छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार