नौ महिनापछि खुल्यो चिडियाखाना

नौ महिनापछि खुल्यो चिडियाखाना

काठमाण्डौ । कोरोनाको कारण बन्द भएको झण्डै नौ महिनापछि सदर चिडियाखाना खुलेको छ । गएको चैत ७ गतेदेखि बन्द भएको जावलाखेलको सदर चिडियाखाना आज (बिहीबार) देखि खुलेको हो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरिने चिडियाखानाका प्रमुख डा।चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार पारिएको छ । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्नेछ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा सात सयदेखि आठ सय व्यक्तिलाई मात्र प्रवेश दिइनेछ । चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेलले बताउनुभयो ।

चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्नेछ । जति जना बाहिर निस्कन्छन्, त्यतिका दरले अरुलाई भित्र प्रवेश गर्न दिइनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार