कांग्रेसका महामन्त्री शशांकले भने-सभापतिमा कोइराला परिवारबाट एकमात्रै उम्मेदवार

कांग्रेसका महामन्त्री शशांकले भने-सभापतिमा कोइराला परिवारबाट एकमात्रै उम्मेदवार

तस्बिर-दिनेश थपलिया

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एकजना मात्र उम्मेदवार हुने बताएका छन्। सरकार विरुद्धको विरोध प्रदर्शनका लागि विराटनगर पुगेका शशांकले कोइराला परिवारबाट तीनमध्ये एक जनामा सहमति हुने बताए। कोइराला निवासमा पत्रकारसँग कुरा गर्दै उनले एक जनाभन्दा बढी कोइराला परिवारमा उम्मेदवार नहुने बताए।

भारतको विहारमा कोरोना संकटकै बेला निर्वाचन भएकाले कांग्रेसको महाधिवेशन रोक्न नहुने उनले बताए। फागुनमा महाधिवेशन सम्भव नरहेको उनको भनाइ छ। पत्रकारसँगको संक्षिप्त भेटघाटमा उनले कांग्रेसको महाधिवेशन धेरै पर सार्न नहुने बताए।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार