लागूऔषध गाँजासहित सर्लाहीमा तीनजना पक्राउ

लागूऔषध गाँजासहित सर्लाहीमा तीनजना पक्राउ

काठमाडौँ । सर्लाहीमा छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकबाट साइकलमा सवार महोत्तरीका युवकलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ बस्ने २० वर्षीय रुपेश राय छन् । उनले तरकारी बोक्ने क्रेटमा बर्कोले छोपी साइकलमा लैजाँदै गरेको १० किलो ५ सय ग्राम गाँँजा बरामद भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

यस्तै, लालबन्दी नगरपालिका-६ बाट ३६ किलो २६ ग्राम गाँजासहित मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ८३ प. ८४७१ नम्बरको मोटरसाइकल चेकजाँज गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार