आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्षको डिसेम्बर १८ को दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने गरेको छ । त्यसलाई समर्थन गर्दै नेपालले पनि हरेक वर्षको डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमहरु गरेर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आइरहेको छ ।

यो वर्ष भने कोभिड सङ्क्रमण जोखिमका कारण अघिल्लो वर्षमा जस्तो कार्यक्रम राखिएको छैन । कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर सवै सुरक्षित हुने गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउनुपर्ने परिस्थिति सिर्जना भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आप्रवासीहरुमाथि हुने विभेदलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघबाट सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका पारिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित भएको थियो । यो महासन्धि सन् २००३ जुलाई १ देखि लागू गरेपछि आजकै दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउन थालिएको हो ।

दिवसको अवसरमा शुभकामना दिँदै श्रममन्त्री रामेश्वर राय यादवले सीपयुक्त जनशक्तिको विकासका लागि तदारुकताकासाथ गृहकार्य अघि बढाइएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक लागि परेको दाबी गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार