संसद विघटनको प्रस्ताव लिएर प्रधानमन्त्री ओली शीतलनिवास पुगे

संसद विघटनको प्रस्ताव लिएर प्रधानमन्त्री ओली शीतलनिवास पुगे

काठमाडौं । संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। आफ्नो पार्टी नेकपामा एक्लिँदै गएका प्रधानमन्त्री ओली आइतबार बिहान संसद विघटन गर्ने निर्णयमा पुगेका थिए र त्यसलाई मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गर्न लगेका हुन्।

ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिएनन् । त्यसपछि प्रचण्ड खुमलटार फर्किएका छन् । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार