भूमेमा रुकुमेली समाज विकास केन्द्रको वार्षिक प्रगति समीक्षा कार्यक्रम

भूमेमा रुकुमेली समाज विकास केन्द्रको वार्षिक प्रगति समीक्षा कार्यक्रम

रुकुमकोट । रुकुम पूर्वको भूमे गाउँपालिकामा आइतबार रुकुमेली समाज विकास केन्द्र रुकुमको वार्षिक प्रगति समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । भूमे गाउँपालिकाको कार्यालय खाबाङ बगरमा रुकुमेली समाज विकास केन्द्र रुकुमले सन् २०२० अन्तर्गतको गरेका कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

रुकुमेली समाज विकास केन्द्र रुकुमले भूमे गाउँपालिकामा वडा नम्बर १, २ र ३ मा आफ्नो कार्यक्रम लागू गरी बालबालिका, कृषि, स्वास्थ्य, सिंचाइ, युवा, आमा समूह, सहकारी संस्था लगायतको क्षेत्रमा काम गरिरहेको छ । जस अनुसार आतबार सन् २०२० मा भएका योजनाको वार्षिक प्रगति समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रममा आगामी दिनमा अझै प्रभावकारी रूपमा लगानी गरिएको अनुसार प्रतिफल आउने खालका योजनाको लागि सल्लाह एवं सुझाव सहभागिबाट लिइएको रुकुमेली समाज विकास केन्द्र रुकुम अन्तर्गतको खाद्य सुरक्षा तथा वातावरणमैत्री उद्यम प्रवद्र्धन परियोजनाका कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनुभयो । उक्त कार्यक्रममा सहभागि स्थानीयसँग गरिएका कामको बारेमा समीक्षासँगै आगामी वर्षहरूमा गर्नु पर्ने कामको बारेमा अन्तरक्रिया मार्फत छलफल गरिएको थियो ।

रुकुमेली समाज बिकास केन्द्र रुकुमका अध्यक्ष नरबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरको प्रमुख आतित्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, भूमे १ का वडाध्यक्ष रामचन्द्र पुन, वडा नम्बर २ का वडाध्यक्ष नरबहादुर बुढा, वडा नम्बर ३ का वडाध्यक्ष दिलमान रोका यसैगरी भूमे स्वास्थ्य शाखाका सह–संयोजक सञ्जीब खड्काको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार