कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि कांग्रेस विरोधमा छ । उसले यहि विषयमा सोमबार सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेको थियो ।

मंगलबारको केन्द्रीय समिति बैठकमा पनि संसद विघटनकै विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस, नेकपाको असन्तुष्ट पक्ष तथा जनता समाजवादी पार्टीसहित संसद विघटनको विपक्षमा छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार