काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
स्थायी कमिटीले अध्यक्ष ओलीलाई कारबाही गर्न लिएको निर्णयलाई आज बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो। त्यस समूहको बैठकमा ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित रहेको दाबी गरिएको छ।


 
					
							 
			 
                             
                             
                             
                             
                            