रुकुम पश्चिममा चक्कु प्रहार गरी श्रीमानको हत्या

रुकुम पश्चिममा चक्कु प्रहार गरी श्रीमानको हत्या

मुसिकोट । रुकुम पश्चिममा एक महिलाले चक्कु प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको मुसीकोट नगरपालिका-८ किटनीकी ५० वर्षीया डल्ली बुढाले ३९ वर्षीय श्रीमान चित्रबहादुर थापाको चक्कु प्रहार गरी हत्या गरेकी हुन् ।
घरमा एक्लै बस्दै आएका दुई जनाको आपसी विवादपछि चक्कु प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । आइतबार विहान ४ बजेतिर डल्लीले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विहान ४ बजे चक्कु प्रहार गरेर श्रीमानको हत्या गरेपछि बेलुकी ५ बजे डल्ली आफै प्रहरीको सम्पर्कमा आएकी थिइन् ।

श्रीमानलाई प्रहार गरेको चक्कु सहित जिल्ला प्रहरी कार्यालयमा पुगेपछि प्रहरी निरिक्षक कपिल शाहीको कमाण्डमा खटिएको प्रहरी अनुसन्धान टोलिले मृतकको शव निजकै घर भित्र फेला पारी प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले रुकुम पठाएको छ ।

स्थानीयका अनुसार डल्लीकाे घरमा दुबैजना बिच सधै झै झगडा हुनु गरेको थियो । डल्ली चित्रबहादुरकी कान्छी श्रीमती हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार