साउदीमा महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गर्ने अधिकारवादीलाई जेल सजाय

साउदीमा महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गर्ने अधिकारवादीलाई जेल सजाय

काठमाडौँ। साउदी अरबकी महिला अधिकारवादी लुजैना अल–हथल्ललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । महिलाहरूले गाडी चलाउन पाउने अधिकारको वकालतसमेत गरेकी लुजैनालाई आतङ्कवादविरुद्धको अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ ।

अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको हो । ३१ वर्षीया लुजैनाले अहिलेसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छिन् ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले पटक–पटक उहाँलाई रिहा गर्न माग गर्दै आएका छन् । लुजैना र उनका परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । उनलाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ताअघि पक्राउ गरिएको थियो । मानव अधिकारवादीहरूले उनको सुनुवाइमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको बताएको खबरमा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार