काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का दुवै पक्ष आमुन्ने सामुन्ने आएपछि धनगढीको चौराहा तनावग्रस्त बनेको छ। सत्तारूढ ओली पक्षका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले थुतेपछि विवाद निम्तिएको हो।
अहिले ओली समूहका कार्यकर्ताले चाबी फिर्ता गर्नुपर्ने भन्दै चौराहामा नाराबाजी गरिरहेका छन् भने अर्को प्रचण्ड–नेपाल समूहले हडतालको अवेज्ञा गरेको भन्दै थुतिएको चाबी फिर्ता नदिने अडान राखेको छ ।
दुबै पक्षका कार्यकर्ता सडकमा आएपछि झडप हुने सम्भावना बढेको भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ। धनगढीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


 
					
							 
			 
                             
                             
                             
                             
                            