चैत २२ बर्दिया – छिमेकी जिल्ला कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएपछि बर्दिया जिल्लामा थप उच्च सतर्कता अपनाइएको छ । आज बर्दियासँग सीमा जोडिएको कैलालीको सबै सीमा बन्द गरिएको छ ।
पैदल या गाडीमा हिँड्ने कसैलाई पनि प्रवेश गर्न नदिने राजापुर र ठाकुरबाबा नगरपालिकाका प्रमुखले बताएका छन् । कैलालीको टिकापुर सीमासँग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरिएको राजापुरका नगर प्रमुख शिवप्रसाद थारुले बताउनुभयो ।
यस्तै कैलालीसंग राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ।