मुसिकाेट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -५ मा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार आठबिसकोट -५ को थापाँगाउँबाट सोही वडाको नयाँडाडाँ जाने क्रममा भे १ च ३११२ नम्वरको डबल क्याप जिप दुर्घटना भएको हो ।
डिएसपी पौडेलेका अनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य१३ जना घाईते भएका छन् । घाईते मध्य पाँच जनाको अवस्था गम्भिर रहेको छ । अन्य आठ जना घाईतेको अवस्था मध्यम रहेको छ । मृतक र घाईतेको पहिचान खुल्न सकेको छैन ।
स्थानीय र प्रहरीले उद्धार गरेर घाईतेहरुलाई आठबिसकोट नगर अस्पतालतर्फ पठाएको बताईएको छ । जिप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनाको कारण र पुरा विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ ।

