सुत्केरीको पिडा : नजिक अस्पताल नहुँदा हेलिकप्टरनै विकल्प

सुत्केरीको पिडा : नजिक अस्पताल नहुँदा हेलिकप्टरनै विकल्प

चैत २४ रुकुम पूर्व

चार दिन देखि सुत्केरी व्यथा लागेकी रुकुम पूर्व सबै भन्दा विकट पुथाउत्तरगंगा गाउँपालिका–२, हिमगुबाङकी  ३१ वर्षीया रमिता झाँक्रीलाई आज उपचारको लागि हेलिकप्टर बाट उद्धार गरिएको छ ।

उनको घर पुग्न सडक पुगेको ठाउँदेखि दुई दिन पैदल हिडेर पुगिन्छ ।

घरमै सुत्केरी हुन नसकेपछि संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषमार्फत उपचारका लागि घरबाट हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको रुकुम पूर्वकी प्रतिनिधिसभा सदस्य कमला रोकाले बताउनुभयो ।

 

उहाँका अनुसार दुई हप्ताअघि देखि स्वास्थ्यमा सामान्य समस्या आएकी रमिताको चार दिन देखि सिकिस्त हुँदै गएपछि हेलिकप्टर मगाएर नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा भर्ना गरि उपचार भैरहेको छ ।

आर्थिक अभाव तथा यातायात समस्याका कारण समयमै सुविधा सम्पन्न अस्पताल जान नसक्दा समस्या हुने गरेको छ । पछिल्लो समयमा रुकुम पूर्वमा सुविधा सम्पन्न अस्पताल नहुनु र एक गाउँबाट जिल्लामा भएको अस्पतालसम्म आउन समय लाग्ने भएकाले पनि हेलिकप्टर बाहेकको विकल्प छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार