जिल्ला प्रशासन कार्यालयमा पहिला खोप अनि सेवा

जिल्ला प्रशासन कार्यालयमा पहिला खोप अनि सेवा

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले कार्यालयमा आउने सेवाग्राहिहरुलाई कोरोना बिरुद्धको खोप लगाएर मात्र सेवा प्रवाह गर्न थालेको छ ।                                                                                      शुक्रबारदेखि कार्यालयमा आएका सेवाग्राहिहरुलाई खोप लगाएर पालैपालो कार्यालयको सेवा दिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउँनुभयो । प्रजिअ घिमिरेका अनुसार मुसिकोट नगरपालिका र  स्वास्थ्य सेवा कार्यालयकाे सहकार्यमा जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका सेवाग्राहिहरुलाई कोरोना बिरुद्धको खोप लगाईएको हो । शुक्रबार मात्र ४५ जनालाई कोरोना बिरुद्धको खोप लगाएर कार्यालयले सेवा दिएको जनाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि सेवा लिन आउनेहरुलाई खोप कार्ड देखाएर मात्र सेवा प्रवाह गर्ने जनाएको थियो । धेरैजसो सेवाग्राहिले खोप नै नलगाएको पाईएपछि मुसिकोट नगरपालिका र  स्वास्थ्य सेवा कार्यालय सँग सहकार्य गरेर कार्यालयमै खोप लगाउने व्यवस्था गरिएको हो । खोप कार्ड भएका सेवाग्राहिहरुले भने कार्ड देखाएर पालैपालो सेवा लिएका थिए ।

गृह मन्त्रालयको सर्कुलर अनुसार कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानमा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएकोले जिल्लामा पनि उक्त निर्णय कार्यान्वयन गरिएको बताईको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार