मुसिकोटमा ८८ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

मुसिकोटमा ८८ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

बैशाख १२ रुकुम
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ८८ जनाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट गरिएको छ । नगरपालिकाको ६ वटा स्थानमा ८८ जनाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट गरिएका सबैको रिर्पोट नेगेटिभ आएको बताइएको छ ।

नगरपालिकाको वडा नम्बर २ मा रहेको पशुपति माबि रातामाटा, वडा नम्बर १३ मा रहेको स्वास्थ्य चौकी छिबाङ र वडा नम्बर ९ को स्वास्थ्य चौकी होलतरामा आर डि टी परिक्षण गरिएको थियो ।

त्यसैगरि वडा नम्बर ७ को स्वास्थ्य चौकी साँख, जडा नम्बर १ को शहरी स्वास्थ्य केन्द्र छिङ र वडा नम्बर ४ मा रहेको प्रहरी चौकी सोलाबाङमा आर डि टी परिक्षण गरिएको नगरपालिका अन्तरगत स्वास्थ्य शाखा संयोजक बेदाराम ओलीले जानकारी दिनुभयो ।

चैत १ गते देखि हालसम्म भारत वा तेस्रो मूलुकबाट नगरपालिकाभित्र प्रवेश गरेका नगरबासी सबैलाई स्वास्थ्य कार्यालय रुकुम पश्चिम को समन्वयमा नगरपालिकाले आर डि टी परिक्षण गरेको नगर प्रमुख देबीलाल गौतमले जानकारी दिनुभयो ।

चैत्र पहिलो साता देखि भारतबाट १ सय ५ जना र अन्य मूलुकबाट ५ जना गरि १ सय १० जना नगरपालिकामा भित्रिएकोमा ८८ जनाको बुधबार, बिहीबार र शुक्रबार र्‍यापिड डायग्‍नोस्टिक टेस्ट गरिएको छ भने अन्यलाई शनिबार स्वास्थ्य कार्यालय सल्लेमा आर डि टी परिक्षण गरिने बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार