मुसिकोट । विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले लघुवित्तको ब्याजदर विरुद्ध खंलगामा विरोध प्रदर्शन गरेको छ ।
आज लघुवित्तबाट पीडित र नेकपा कार्यकर्ताहरु सहित बालमन्दिर देखि विरोध प्रर्दशनमा उत्रिएर तल्लो बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, त्रिवेणी चोकमा विरोध प्रर्दशन गरि बालमन्दिरमा पुगेर कोण सभा भएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य चन्द्रबहादुर बुढाले लघुवित्त संस्थाले सोझा साझा सर्वसाधारणहरुलाई झुक्याएर लुट मच्चाएको, घर छोडेर भाग्नुपर्ने अवस्था समेत सिर्जना गरेको बताउदै लघुवित्त संस्थाको ज्यादति नरोकिएसम्म पार्टिले निरन्तर संघर्ष गरिरहने बताउनुभयो ।
नेकपा जिल्ला डि वान संघर्ष समितिका संयोजक भास्कर मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इचार्ज चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो ।