मुसिकोटमा अटो रिक्सा सञ्चालन गर्न अनुमति लिनुपर्ने

मुसिकोटमा अटो रिक्सा सञ्चालन गर्न अनुमति लिनुपर्ने

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अटो रिक्सा दर्ता तथा सञ्चालन गर्न अनुमति खुलाएको छ । नगरपालिकाले अटो तथा ई–रिक्सा कार्यविधि २०७९ बमोजिम अनुमति खुलाएको हो ।

बुधबार नगरपालिकाले नगर क्षेत्रका ६ वटा रुटमा अटो रिक्सा संचालनका लागि निवेदन दिन १५ दिने सूचना प्रकाशन गरेको छ । जसमा व्यक्तिगत निबेदन (निबेदन दस्तुर रु.५००), नेपाली नागरिकताको प्रतिलिपि नगरपालिकामा पेश गर्नुपर्ने छ ।

यस्तै नगरपालिकाले २४ वटा अटो रिक्सालाई संचालन गर्न अनुमति दिने भएको छ । सवारी धनी मुसिकोट नगरपालिकाको स्थायी बासिन्दा र सवारी चालक र सवारी धनि एउटै भएकालाई अनुमतिमा प्राथमिकता दिईने छ ।

कार्यविधि अनुसार नगरपालिकाको छिवाङ जिउला–सादनचौर–माछमी हुँदै खलंगासम्म ६ वटा, स्याउली बजार–सोलावाङ हुँदै खलंगासम्म ४ वटा र होल्तारा–झुल्खेत हुँदै खलंगासम्म ४ वटा, घोरखानी–साँख हुँदै खलंगासम्म ४ वटा, पशुपती मावि रातामाटा हुँदै खलंगासम्म २ वटा र खलंगा–सल्ले–शेरिगाउँ–पिपलनेटा–शितलपोखरी–मुसीदरवार सम्म ४ वटा अटो संचालन गर्न अनुमति दिइने सूचनामा उल्लेख छ ।

त्यस्तै भाडा दर र अन्य मापदण्डको लागि नगर प्रमुख महेन्द्र केसीको संयोजकमा समिति गठन गरिएको छ । समितिमा नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कानुन अधिकृत, ट्राफिक प्रहरी र यातायात शाखाको प्रतिनिधित्व रहने जनाइएको छ ।

सूचना :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार