लघुवित्तिय संस्था विरुद्ध विरोध प्रदर्शन

लघुवित्तिय संस्था विरुद्ध विरोध प्रदर्शन

मुसिकोट । रुकुम पश्चिममा लघुबित्तिय संस्था बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ । बुधबार लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति रुकुम पश्चिमले बिरोध प्रदर्शन गरेको हो ।
त्रिवेणी चोकबाट सुरु भएको बिरोध प्रदर्शन खंलगा बजार परिक्रमा गरि पुनः त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै संघर्ष समितिकी जिल्ला अध्यक्ष कर्मी केसीले लघुवित्त संस्थाले सोझा साझा सर्वसाधारणहरुलाई झुक्याएर लुट मच्चाएको, घर छोडेर भाग्नुपर्ने अवस्था समेत सिर्जना गरेको बताउदै लघुवित्त संस्थाको ज्यादति नरोकिएसम्म निरन्तर संघर्ष गरिरहने बताउनुभयो ।

फाल्गुण १२ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र फाल्गुन २० गते जिल्ला सदरमुकाम खंलगामा बिरोध प्रदर्शन गर्ने अध्यक्ष कर्मी केसीले बताउनुभयो

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार