रुकुममा हत्या अभियोगमा ६ जना पक्राउ

रुकुममा हत्या अभियोगमा ६ जना पक्राउ

मुसिकोट । रुकुम पश्चिममा हत्या अभियोगमा ६ जना पक्राउ परेका छन । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ८ बस्ने २० वर्षीय अनिल पुन, सोहि वडाका १६ बर्षका बिजय पुन, १६ बर्षका रमेश थापा, १७ बर्षका संजय थापा, १७ बर्षका बिपिन थापा र १४ बर्षका जिवन थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराइले जानकारी दिनुभयो ।

पूर्व रिसईबीको कारण उनीहरुको कुटपिटबाट गम्भीर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले प्रहरी नायब उपरीक्षक भट्टराइले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार