बन्दै गरेको बेलिब्रिज भत्किदा मृत्यु र घाईते हुनेको पहिचान खुल्यो (अपडेट)

बन्दै गरेको बेलिब्रिज भत्किदा मृत्यु र घाईते हुनेको पहिचान खुल्यो (अपडेट)

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –४ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ तल्लुबगर जोड्ने बेलिब्रिज निर्माणको क्रममा भाँचिएको छ । बेलिब्रिज भाँचिदा दुई जना कामदारको घटनास्थलमै ज्यान गएको छ भने सात जना घाईते हुनुभएको छ ।

मृत्यु हुने दुबै जना भारतीय नागरिक रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरुमा भारत बहराइज मधुवापुरका ४० वर्षिय प्रशान्त राजकुमार र सोहि ठाउँका ३० वर्षिय धर्मेन्द्र हरीजन चमार रहनुभएको छ ।

बेलिब्रिज निर्माण कार्यमा संलग्न अन्य सात जना घाईते रहेका छन् । घाइते हुनेमा क्रेन चालक नवलपरासीका २६ वर्षिय निरजकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । डिएसपी भट्टराईका अनुसार अन्य छ जना घाईतेहरु सबै भारतीय नागरिक रहेका छन् ।

घाईते हुनेहरुमा भारत बहराइज मधुवापुरका ५० वर्षिय मैकु गौतम, सोहि ठाउँका ३० वर्षिय गोरख नाथ, २५ वर्षिय सञ्जय गौतम, १९ वर्षिय सोनु चुमार, ४९ वर्षिय गोपाल हरिजन र ६० वर्षिय राजकुमार हरिजन चमार रहनुभएको छ ।

घाईते मध्य गम्भिर अवस्थामा रहेका तीन जनालाई थप उपचारको लागि हेलिकप्टर मार्फत बाँकेको कोहलपुर लगिएको छ । घाईतेहरु सञ्जय गौतम, गोपाल हरिजन र राजकुमार हरिजनलाई हेलिकप्टर मार्फत लगिएको हो । अन्य घाईतेहरुको नलगाड नगरपालिका –७ दल्लीस्थित नगर अस्पतालमा सामान्य उपचार पछि प्रदेश अस्पताल सुर्खेत पठाईएको छ ।

भेरि करिडोर अन्तगर्तको जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरमा निर्माणधिन बेलिब्रिज निर्माणको जिम्मा हिमशिखर खड्का कृष्ण जेभीले लिएको छ । निर्माण कम्पनीले तीन करोड ८४ लाख रुपियाँको लागतमा बेलिब्रिज निर्माण गर्ने जिम्मा लिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार