बेलिब्रिज जोड्ने क्रममा दुई कामदारको मृत्यु, सात जना घाईते

बेलिब्रिज जोड्ने क्रममा दुई कामदारको मृत्यु, सात जना घाईते

 

मुसिकोट । भेरि करिडोर अन्तगर्तको जाजरकोट – डोल्पा सडकखण्डको तल्लुबगरमा निर्माणधिन बेलिब्रिज बिहिबार दिउँसो भाँचिएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –५ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका १२ तल्लुबगर जोड्ने बेलिब्रिज निर्माणको क्रममा भाँचिदा दुई जना कामदारको घटनास्थलमै ज्यान गएको छ ।

बेलिब्रिज भाँचिदा पुलमा काम गरिरहेका मध्य दुई जना कामदारको घटनास्थलमै ज्यान गएको आठबिसकोट नगरपालिका रुकुम पश्चिमका पूर्व नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । काम गरिरहेका नौ जना मध्य सात जना घाईते रहेको बुझिएको छ ।

 

घाईतेहरुलाई उपचारको लागि अस्पताल पठाईएको केसीले जानकारी दिनुभयो । मृतक र घाईतेहरुको परिचान खुल्न नसकेको बताईएको छ ।

घटनाको पुरा विवरण आउन बाँकि रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार