जेठ ५ काठमाडौ । सुर्खेतकाे जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एक जनामा काेेेेराेेेेना संक्रमण देखिएको छ । दैलेखको आठबीसकोट नगरपालिकाका ३५ वर्षीय ती व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले जानकारी दिनुुुभएकाेे छ । उहाका अनुुसार उनकाेे पुनः पिसिआर परिक्षणकाे लागि नेपालगञ्ज पठाएको छ ।
कोरोना रिर्पोटमा पोजेटिभ देखिएका ती व्यक्ति ४५ दिन भारतको वनवासाको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र दैलेखमा आएका हुन् ।
कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमण देखिएको छैन। यसभन्दा पहिला पनि रुकुमका दुई जनाको धनगढी गरिएको परीक्षणमा पोजेटिभ देखिएका थप परीक्षणका लागि काठमाडौं पठाउँदा नेगेटिभ आएको थियो ।