नरेन्द्रकुमार राना
आज मैले अलिकति प्रिय पिएको छु
एकै झल्को हेरी तिम्लाई जीवन जिएको छु ।
जून भन्लान् कोही, कोही तारा भन्लान्
हाँस्दा नजिक हुनेहरू रुँदा टाढा बन्लान्
तिम्रो अर्ती यतिखेर तीं सम्झिएको छु
आज मैले अलिकति प्रिय पिएको छु ।
रातहरू पर्दा हाली झ्याउँकिरीमा बास्छन्
विगतका पलहरू गिज्याएर नाँच्छन्
आज तिम्रै यादभरि म तड्पिएको छु
आज मैले अलिकति प्रिय पिएको छु ।
आज मैले अलिकति प्रिय पिएको छु
एकै झल्को हेरी तिम्लाई जीवन जिएको छु ।