हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका १ की सुत्केरीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

२० बर्सिया रेजिना बुढाले मङ्गलवार बिहान करिब ८ः४० मा सिस्ने स्वास्थ्य चौकीमा छोरालाई जन्मदिनुभएको थियो । तर साल झर्न समस्या भएपछि उहाँलाई हेलिकोप्टर मार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी, सिस्ने गाउँपालिका वडा नम्बर १, सिस्ने गाउँपालिका र जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको पहलमा करिब ७ घण्टापछि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत बुढालाई उद्धार गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार