बिरेन्द्रनगर । सुर्खेतकाे बराहताल गाउँपालिका-५ बडिचौरमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले उक्त भवनको उद्घाटन गर्नु भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सङ्घीय सरकारबाट ५० प्रतिशत तथा स्थानीय तहबाट ५० प्रतिशत समपुरक गरी जम्मा १ करोड ३० लाख विनियोजन गरिएको थियो। यस अन्तर्गत ठेक्का सम्झौता ७४ लाख ९७ हजार ५७७ रुपैयाँमा २०७८ चैत १० गते गरिएको थियो भने पहिलो तला २०८० असार १० गते सम्पन्न भएको थियो।त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सङ्घीय अनुदानबाट ५० लाख तथा स्थानीय तहबाट ५० लाख गरी १ करोड विनियोजन भएको थियो। यस अन्तर्गत ५३ लाख ४८ हजार ३२१ रुपैयाँमा २०८० चैत १६ गते ठेक्का सम्झौता भई २०८१ पुस २५ गते दोस्रो तला निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष धिमराज जोल्मी मगरले जानकारी दिनुभयो । पहिलो र दोस्रो तला निर्माण सम्पन्न भएसँगै भवनको कुल लागत २ करोड ३० लाख पुगेको छ।
उद्घाटन कार्यक्रम बराहताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धिमराज जोल्मी मगरकाे अध्यक्षतामा भएको छ ।
भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही रहनुभएकाे छ।
कार्यक्रममा कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, पूर्व सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत, नगर सभापति उपेन्द्र खड्का, बराहताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी पुन, प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर डिसि, पूर्व जनप्रतिनिधि, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
