फरार कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रशासनको अनुरोध

फरार कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रशासनको अनुरोध

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले फरार कैदिलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

बिहिबार एक सूचना जारी गर्दै मंगलबार साँझ कारागारबाट फरार कैदि बन्दीलाई कारागार रुकुुम पश्चिम भाग वा नजिकैको प्रहरी कार्यालयभच सम्पर्कमा आउन अनुरोध गरेको हो । सम्पर्कमा नआए कारागार ऐन,२०७९ र प्रचलित कानुुन बमोजिम कारबाही हुुने जिल्ला प्रशासनले चेतावनी दिएको छ ।

यस्तै फरार रहेका कैदी बन्दी लुकीछिपी बसेको सम्बन्धमा कुनै सूचना भएमा जिम्मेवार नागरिकको कर्तव्य पालना गर्दै नजिकको प्रहरी कार्यालयमा एवं नेपाल प्रहरीको हटलाईन नं. १०० मा फोन गरी जानकारी गराउन समेत प्रहरीले अपिल गरेको छ ।

मंगलबार साँझ जिल्ला कारागार रुकुम पश्चिमबाट ८८ जना कैदि बन्दी भागेका थिए । ती मध्ये ५१ जना कैदि बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार