मुसिकाेट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १३ स्थित जनकल्याण आधारभूत विद्यालय रातामाटामा आगलागी भएको छ।
शुक्रबार दिउँसो करिब चार बजेतिर विद्यालयमा दिवा खाजा पकाउने क्रममा बालेको आगो एक्कासि सल्किएपछि आगलागी भएको हो।
आगलागीबाट विद्यालयमा रहेका डेस्क, बेञ्च, फर्निचर, कुर्सी र बोर्ड जलेर नष्ट भएका छन्।
आगलागीबाट करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको
विद्यालयका प्रधानाध्यापक रीमा कुमारी ओलीले जानकारी दिनुभएको छ।
आगलागीको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको जनाइएको छ।
जनकल्याण आधारभूत विद्यालयमा आगलागी, करिब ५० हजारको क्षति

