सानीभेरी गाउँपालिकामा कार्यालय समयभर फेसबुक, टिकटक र युट्युब बन्द

सानीभेरी गाउँपालिकामा कार्यालय समयभर फेसबुक, टिकटक र युट्युब बन्द

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालय समयभित्र फेसबुक, टिकटक, युट्युब लगायत सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ।

गाउँपालिकाले सूचना जारी गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमा सामाजिक सञ्जाल बन्द गरिएको जनाएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काका अनुसार कार्यालयको कार्यसम्पादन, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था लागू गरिएको हो।

“कार्यालय समय जनताको सेवा गर्ने समय हो। सामाजिक सञ्जालमा अनावश्यक समय खर्च हुँदा कार्यसम्पादन र सेवा प्रवाह प्रभावित हुन सक्छ,” प्रमुख प्रशासकीय अधिकृत खड्काले भन्नुभयो, “कार्यालय समयको पूर्ण सदुपयोग गर्दै सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरिएको हो।”

स्थानीय तहमा सुशासन, अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयासस्वरूप सानीभेरी गाउँपालिकाले सामाजिक सञ्जाल प्रयोगमा नियन्त्रणको नीति अपनाएको जनाएको छ। गाउँपालिकाको यो निर्णयले कर्मचारीको कार्यक्षमता वृद्धि हुनुका साथै सेवाग्राहीले पनि छिटो सेवा पाउने अपेक्षा गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार