जिउँदो सहिदको रुपमा रहनुभएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ का गोपाल शर्मालाई नेपाली कांग्रेसको केन्द्रिय सदस्य बनाउन माग गरिएको छ ।
सशस्त्र द्वन्दको क्रममा तत्कालिन बिद्रोही माओवादीबाट नेपाली कांग्रेसमा आस्था राखेकै कारण २०५५ साउन ११ गते उहाँको दुवै आँखामा तेजाव हाल्नुका साथै खुकुरी प्रहार गरेर गम्भिर घाईते बनाईएको थियो ।
मर्यो भनेर छोडिएका शर्मा हाल पूर्ण रुपमा दृष्टिविहिन तथा सशक्त हुनुहुन्छ । नेपाली काँग्रेसका युवा नेता खड्क डाँगीले बल्लतल्ल बाँचेर पनि कांग्रेसकै हितमा जीवन व्यत्तित गरिरहनुभएका शर्मालाई नेपाली काँग्रेसले सम्मानसहित केन्द्रिय सदस्यमा मनोनित गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार कठिनपूर्ण अवस्थामा जीवन व्यतित गरिरहनुभएका शर्माले नेपाली कांग्रेसको झण्डा फहराउदै सशक्त आवाज प्रवाह गरिरअनुभएको छ ।
युवा नेता डाँगी लगायतका काँग्र्रेसजनहरुले तत्कालिन द्वन्द्वबाट पीडित हजारौ सहित परिवार तथा घाईतेहरुको न्यायको लागि शर्मा जस्ता जिउँदा सहिद तथा काँग्रेसका हस्तीहरुलाई उपर्युक्त स्थान दिन आवश्यक रहेको जनाएका छन् ।
उनीहरुले परिवर्तित राजनीतिको परिदृश्ष्यलाई आत्मसाथ गरेर शर्मालाई केन्द्रिय सदस्यमा मनोतित गर्न माग गरेका छन् ।

