भक्तपुरको सुधार गृहमा एक जनाको मृत्यु

भक्तपुरको सुधार गृहमा एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको सुधार गृहमा एक जना पुरूषको मृत्यु भएको छ।

आइतबार बिहान करिब ४ बजेतिर सूर्यविनायक नगरपालिका-१ सिरूटारमा रहेको एक सुधार गृहमा उपचाररत पुरूषको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कार्कीका अनुसार मृतक सोही ठाउँका करिब ४२ वर्षीय उमेश खड्गी छन्।

उनलाई मापसे लगायतको लत छोडाउनका लागि उत्साहित सुधार गृहमा लगिएको थियो।

बिहान एक्कासी बिरामी भएपछि उनलाई मध्यपुर थिमी अस्पताल लगिएको डिएसपी कार्कीले बताए।

‘लत छुटाउनका लागि लगिएको थियो। त्यही बेला उनी बिरामी परी अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको छ। अनुसन्धान भइरहेको छ,’ उनले भने।

घटना पछि आफन्त तथा परिवारले विरोध प्रदर्शन गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार