काठमाडौं । २० करोड रुपैयाँ ग्रस कमाउँदै फिल्म ‘गौंथली’ सर्वकालिन धेरै कमाउने तेस्रो नेपाली फिल्म बनेको छ । घरेलु बक्सअफिसमा आज दिउँसो ४ बजेसम्म फिल्मले उक्त व्यवसायिक उपलब्धि हासिल गरेको हो ।
यो समाचार लेख्दासम्म कपिल रिजाल निर्देशित फिल्मको कमाइ २० करोड १० लाख रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई ७ लाख २९ हजार जना दर्शकले हेरेका छन् ।
सोमबार नै यो फिल्मले समीर भट्ट स्टारर फिल्म ‘१२ गाउँ’को कमाइ (१९ करोड ९२ लाख रुपैयाँ ग्रस) लाई उछिनेको छ ।
‘गौैथली’ भन्दा धेरै कमाउने नेपाली फिल्ममा अब ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र छन् ।

