काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले सह-महामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ।
१५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ।
शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुनुहुन्छ ।

