खलंगाबाट दुली जाँदै गरेको जिप दुर्घटना, चालकको मृत्यु, पाँच जना घाइते

खलंगाबाट दुली जाँदै गरेको जिप दुर्घटना, चालकको मृत्यु, पाँच जना घाइते

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आइतबार बेलुका खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु.१ ज २१६० नम्बरको जिप दुलीस्थित भित्री कच्ची सडकमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार दुर्घटनामा परी मुसिकोट नगरपालिका–९ निवासी २८ वर्षीय चालक भीमबहादुर बुढा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा बाँफिकोट गाउँपालिका–८ दुली निवासी ३१ वर्षीया निर्मला केसी, उहाँका दुई वर्षीय छोरा दिनेश केसी, सोही ठाउँकी ३२ वर्षीया मनिषा बस्नेत, ३६ वर्षीय कर्णबहादुर खत्री र मुसिकोट नगरपालिका–१० निवासी १८ वर्षीया जेनिशा ओली रहेका छन् । घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना भने सकुशल रहेका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार