नालामा डुबेर दुई बर्षका बालकको मृत्यु

नालामा डुबेर दुई बर्षका बालकको मृत्यु

काठमाडौ । सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर १ भेडहिया निवासी पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा मंगलबार साँझ नालामा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार