प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहामा, आज धनगढी जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहामा, आज धनगढी जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी जाँदै छन् ।

पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् ।

प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।

धनगढीमा हुने जनसभामा ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम (ओली समूह) को तयारी छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना जनसभाको तयारीका लागि  केही दिन अघि खटिएका हुन्।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

धनगढीको जनसभामार्फत प्रधानमन्त्री ओली देश दौडाहामा निस्कन लागेका छन्। प्रधानमन्त्री ओलीले देशव्यापी अभियानको सुरुवात सुदूरपश्चिम प्रदेशबाट गरेका हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार