अब पाइलट र एयर होस्टेसले विमान उडाउने क्रममा फोटो, भिडियो खिच्न नपाउने

अब पाइलट र एयर होस्टेसले विमान उडाउने क्रममा फोटो, भिडियो खिच्न नपाउने

काठमाडौं । जहाज चालकदलका सदस्य तथा एयर होस्टेसलगायत क्याबिन क्रु मेम्बरले फोटो तथा भिडियो खिच्न नपाउने भएका छन् । उनीहरुले फोटो खिच्न चाहे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमति लिनुपर्ने छ ।

प्राधिकरणले नेपाली सबै वायुसेवा कम्पनीका चालकदलका सदस्य तथा जम्प सिट अकुपेन्ट (एयर होस्टेसलगायत अरु उड्डयनकर्मी) ले उडानका क्रममा फोटो र भिडियो खिच्न नपाउने गरी नयाँ मापदन्ड जारी गरको छ ।

प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले उडान सञ्चालन मापदण्ड संशोधन गर्दै यस्तो नियम लागु गरेको हो । प्राधिकरणले यात्रुहरुका हकमा भने फोटो तथा भिडियो खिच्न छुट दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार