सिंहदरबारमा किटनाशक औषधी छर्किईयो

सिंहदरबारमा किटनाशक औषधी छर्किईयो

काठमाडौं, १६ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न काठमाडौं महानगरपालिकाले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा किटनाशक औषधी छर्किएको छ । यसअघि महानगरले काठमाडौं उपत्यकाका विभिन्न सडकमा उक्त औषधी छर्किएको थियो ।

बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने महाननगरपालिकाले जनाएको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन समेत कामनपाले आग्रह गरेको छ ।  सरकारद्धारा जारी लक डाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न महानगर प्रमुख विद्यासुन्दर शाक्यले नगरवासीसँग विशेष आग्रहसमेत गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार