रुकुम पूर्वमा विशेषज्ञ सेवा सहितको नि:शुल्क स्वास्थ्य शिविर

रुकुम पूर्वमा विशेषज्ञ सेवा सहितको नि:शुल्क स्वास्थ्य शिविर

रुकुमकोट। रुकुम पूर्वमा विशेषज्ञ सेवा सहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका–१ का स्थानीयहरुका लागि पहिलो पटक विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको छ ।  दुई दिनसम्म चलेको शिविरबाट २ सय २१ जनाले विभिन्न किसिमका सेवा पाएका छन । जसमा ७० पुरुष र १ सय ५१ जना महिलाले नि:शुल्क स्वास्थ्य सेवा पाएको मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रम संयोजक लिलामणि गौतमले जानकारी दिए ।

शिविरमा ८० जनाको भिडियो एक्सरे गरिनुका साथै स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगहको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह र खकार समेतकाे जाँच गरिएको थियो ।   शिविरमा स्त्री रोग विशेषज्ञ डा.रामकुमार दास, जनरल फिजिसीयन डा.अरविन्दकुमार यादव लगायत स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार