१०५ वर्षीय वृद्धले नागरिकता लिइन्

१०५ वर्षीय वृद्धले नागरिकता लिइन्

काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिका–३ की १ सय ५ वर्षीय वृद्धाले नागरिकता लिएकी छिन्। जिल्लाको मेलुङ गाउँपालिका–३ घ्याङ घर भएकी १ सय ५ वर्षीय दुर्गामाया कार्कीलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले नागरिकता प्रदान गरेका छन ।

कार्कीले पहिलोपटक जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी हुन्। प्रमुख जिल्ला अधिकारी शिवाकोटीका अनुसार नागरिकतामा उनको जन्म मिति विक्रम् संवत् १९७२ भदौ १८ कायम भएको छ।

जिल्लाको तामाकोसी गाउँपालिका–४ मालुमा जन्मेकी कार्कीले मेलुङ ३ मा विवाह गरेकी थिइन्। विवाह कति सालमा भयो भन्ने उनलाई थाहा छैन्। उनकी एउटी छोरी जन्मिइन्।

श्रीमान मृत्युपछि छोरी साथमा लिएर उनी पुनः माइतीघर फर्किएर उतै बस्न उनकी छोरी तर्फका नाती स्थानीय शिक्षक बाबुराम खत्रीले बताए । कार्कीका ६ जना दाजु, दिदी र भाइमध्ये कान्छो भाई अझै छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार