रुकुम पूर्वमा छ महिनामा ९०७ जनालाई नागरिकता वितरण

रुकुम पूर्वमा छ महिनामा ९०७ जनालाई नागरिकता वितरण

रुकुमकोट। जिल्ला प्रशासन कार्यालय रुकुम–पूर्वले छ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो ।

गएको आर्थिक वर्षमा भने एक वर्षको अवधिमा एक हजार ७३ लाई नागरिकता वितरण गरिएको थियो । यस आवको गत साउनदेखि पुस २८ गतेसम्म भने नागरिकता लिने व्यक्तिको सङ्ख्या ९०७ पुगेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

मंगलबार कार्यालयको अर्धवार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रजिअ राईले ३१३ लाई प्रतिलिपि नागरिकता वितरण गरिएको बताए । तीन हजार ३८६ पुरानो डाटा इन्ट्री गरिएको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

यस्तै राष्ट्रिय परिचयपत्र वितरणको लागि ९४४ जनाको विवरण दर्ता गरिएको छ । जसमा ६३२ महिला र ३१२ पुरुष छन् । अर्धवार्षिक अवधिमा प्रशासन कार्यालयबाट ३१३ ले राहधानीका लागि सिफारिस लिएका छन् । जसमा १३५ महिला र १७८ पुरुष रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार