विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ 

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ 

काठमाडौँ । प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्। बाँस्तोलासहित केही विप्लव कार्यकर्तालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको ललितपुरकी प्रमुख एसएसपी किरण बज्रचार्यले बताइन् ।

विप्लव समूहको गतिविधि रहेको थाहा पाएपछि खटिएको प्रहरी टोलीले बाँस्तोलासहित केहीलाई पक्राउ गरेको एसएसपी बज्रचार्यले जानकारी दिइन। ‘त्यस क्षेत्रमा चन्द समूहको गतिविधि बढेको थाहा पाएसँगै हामीले नियमित गस्ती बढाएका थियौं,’ एसएसपी बज्रचार्यले भनिन्, ‘बिहानदेखि नै हामीले त्यहाँ सर्च अपरेसन चलाएका थियौं । त्यहींबाट पक्राउ गरेका हौं ।’

त्यस क्षेत्रमा चन्द समूहको गतिविधि बढेपछि डीएसपीको कमान्डमा ७० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिइन् । केही दिनअघि मात्रै त्यहाँ प्रहरीले सर्च अपरेशन चलाएको थियो । चन्द समूहले निर्माण गरेको हाइ प्वाइन्टहरु समेत भत्काइएको ललितपुर प्रहरीले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार