नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीका लागि बढुवा सिफारिस गरेको हो ।

एसएसपीमा बढुवा सिफारिस हुनेमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्ण्हरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोखरेल रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार