ओभरीमा सुविधा सम्पन्न होटल सञ्चालनमा

ओभरीमा सुविधा सम्पन्न होटल सञ्चालनमा

नेपालगञ्ज । बाँकेको ओभरीमा करोडौको लागतमा होटल सञ्चालनमा ल्याइएको छ । स्थानीय झुपलाल केसी (खत्री) ले ५ करोडको लागतमा राइनो होटल एण्ड लज सञ्चालनमा ल्याएका हुन् ।
हाेेेटल बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाह र राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनिकुमारी खत्रीले उद्घाटन गर्नुभयो छ । होटलको उद्घाटन गर्दै वार्डेन शाह र उपाध्यक्ष खत्रीले राप्तीसोनारीमा एउटा राम्रो होटलको आवश्यकतालाई केसीले पूरा गर्नु भएको बताउनुभयो । वार्डेन शाहले अब निकुञ्जमा आउने पर्यटकलाई बास बस्न समस्या नहुने बताउनुभयो । उपाध्यक्ष खत्रीले गाउँपालिकाकाले कार्यक्रमहरु गर्दा स्थानीय होटललाई नै प्राथमिकता दिइने बताउनुभयो ।
केसीका बृद्धा आमा ज्योती खत्रीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । केसीका अनुसार, होटलमा १२ वटा बामरुम भएका कोठा छन् । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ मा पर्ने ओभरीमा निकुञ्ज कार्यालय रहेको छ । बाँके राष्ट्रिय निकुञ्जमा आउने पाहुनाहरु सफारीपछि ओभरीमै बस्न सक्ने सुविधा भएको छ । नजिक भ्यू टावर बन्ने तरखर भएकाले त्यसबाट पनि आफ्नो होटललाई टेवा पुग्ने केसीले बताउनुभयो ।
बैशाखमा उद्घाटन गर्ने तयारी गरिएको होटल कोरोनाका कारण अहिले उद्घाटन भएको हो । देशको कान्छो राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गर्दा देशी विदेशी पर्यटकको संख्या बढ्दोक्रममा रहेको छ । जंगल सफारीपछि कोहलपुर वा नेपालगञ्जमा बास बस्न आउनु पर्ने समस्यालाई ओभरीमा केसीले सञ्चालन गर्नु भएको होटलले सुविधा दिने देखिन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार