आज रुकुम पश्चिममा संसद् विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

आज रुकुम पश्चिममा संसद् विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

मुसिकोट । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज (शनिबार) प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले देशका सबै ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ।  प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले यसअघि १३ पुसमा १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २५ पुसमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ।

त्यस्तै रुकुम पश्चिमका विभिन्न स्थानीयतहरुमा पनि  कांग्रेसले विरोध प्रर्दशन गर्दैछ । जिल्लाका चार वटा स्थानीय तहमा विरोध प्रर्दशनको कार्यक्रम हुने नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।

जिल्लाको मुसीकोट नगरपालिकाको खलंगामा, चौरजहारी नगरपालिकाको खोलागाउँमा, आठबीसकोट नगरपालिकाको गोतामकोट र त्रिवेणि गाउँपालिकाको पेदिखेत बजारमा विरोध प्रदर्शन कार्यक्रम हुने नेपाल विद्यार्थी संघका नेता तारक केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खलंगाको कार्यक्रममा पूर्व श्रम राज्यमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी, गोतामकोटको कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका युवा नेता तथा महासमिति सदस्य वेदराज सिंह, खोलागाउँ र पेदिखेतको विरोध सभालाई जिल्लास्तरका नेताहरुले सम्बोधन गर्नेछन् ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला पर्खने र अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे स्वागत गर्ने विपक्षमा फैसला गरे चुनावमा जाने रणनीति बनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार