दाङमा आगोले जलेकी महिलाको मृत्यु

दाङमा आगोले जलेकी महिलाको मृत्यु

दाङ । आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। तुुलसीपुर उपमहानगरपालिका-१० चैलाहीकी ५५ वर्षीया मिनकला खड्काको उपचारका क्रममा गए राति साढे दश बजे पाल्पामा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।

खड्का पुस १० गते बिहान घरमै अगेनामा खाना पकाउन बालेको आगो सारीमा सल्केपछि जलेर गम्भीर घाइते भएकी थिइन्। सारीबाट सल्केको आगोले खड्काका दुबै खुट्टा, ढाड लगाएका विभिन्न स्थानमा गहिरो घाउ खत भएको थियो।

उनलाई उपचारका लागि दाङ, बाँके हुँदै पाल्पासम्म लगिए पनि उपचार सम्भव नभएकाले गएराति मृत्यु भएको थियाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार