पूर्वमन्त्री दिनेशचन्द्रको निधनको शोकमा नरैनापुरमा आइतबार सार्वजनिक विदा

पूर्वमन्त्री दिनेशचन्द्रको निधनको शोकमा नरैनापुरमा आइतबार सार्वजनिक विदा

बाँकेको नरैनापुर गाउँपालिकाले पूर्वमन्त्री दिनेशचन्द्र यादवको निधनको शोकमा सार्वजनिक विदा दिएको छ । आज बसेको गाउँपालिकाको बैठकले भोलि (आइतबार) एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नरैनापुर गाउँपालिकाभित्रका आकस्मिक स्वास्थ्य सेवा बाहेक स्थानीय तहका सरकारी तथा गैरसरकारी संघसंस्था र विद्यालयहरुमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाले यादवको निधनमा गहिरो दुःख ब्यक्त गरेको छ । स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभचिन्तकहरुप्रति गहिरो समबेदना प्रकट गरिएको छ । न

रैनापुर गाउँपालिका वडा नम्बर २ निवासी यादव लोकप्रिय नेता हुनुुहुन्थ्यो । २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित यादव खानेपानी तथा सरसफाई राज्यमन्त्री बन्नुभएको थियो ।

हाल भूमी सम्बन्धि समस्या समाधान आयोगका सदस्य रहनुभएका यादवको विहीबार विहान ग्राण्डी अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो । पुष १२ गते कोरोना संक्रमित हुनुभएका यादवलाई थप उपचारका लागि १३ गते हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । उहाँ मधुमेहका विरामी पनि हुनुहुन्थ्यो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार