बिरामी बाेकेकाे एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु

बिरामी बाेकेकाे एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं । झापाको दमकमा सोमबार (आज) बिहान एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।                                     आज बिहान करीब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएकाेे प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार